मंगलबार, भदौ १०, २०८२

भक्तपुरमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

 |  सोमबार, जेठ २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २२, २०८०

vianetvianet
Kumaribank
Metro Mart

भरतपुर महानगरपालिका–१५ जानकी चोकमा बोलेरोको ठक्करबाट एकको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय ५० वर्षीय वीरेन्द्र राउत रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

ना ३ च ११९ नम्बरको बोलेरोले बा ८५ प ३६२७ नम्बरको मोसालाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते राउतको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। 

मोटरसाइकल पछाडि सवार ४१ वर्षीय राजकुमार नेपाली घाइते भएको कार्यालयले जनाएको छ। घाइते नेपालीको अवस्था खतरामुक्त छ। घाइते नेपालीको सोही अस्पतालमा उपचार भइरहेको छ। बोलेरो र चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।
 

प्रकाशित: Jun 05, 2023| 19:18 सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्