शनिबार, साउन ३०, २०८३

पर्वतको कुश्मामा बस दुर्घटना हुँदा १८ जना घाइते

 |  सोमबार, जेठ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २२, २०८०

पर्वत- म्याग्दीको बेनीबाट पोखरा जाँदै गरेको ना५ख ३९९३ नम्बरको बस आज दिउँसो पर्वतको कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते भएका छन्।

मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वत अगाडि ओरालोमा बस पल्टिँदा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। दुर्घटनामा नौ पुरुष, सात महिला र दुई बालबालिका घाइते भएका हुन्। उनीहरूको नाम ठेगाना खुलिसकेको छैन। 

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक अविनाशदीप जिसीले जानकारी दिए। अन्यको अवस्था भने सामान्य रहेको छ। अहिले सबै जना घाइतेको उपचार पर्वत अस्पतालमा भइरहेको छ। पानी परेर चिप्लो भएको सडकमा तीव्र गतिमा गुडेका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। बसका चालक प्रहरीको नियन्त्रणमा छन्। 
 

प्रकाशित: Jun 05, 2023| 19:16 सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्