शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • प्रेस काउन्सिलका अध्यक्ष बस्नेतविरुद्ध साइबर ब्यूरोमा उजुरी

प्रेस काउन्सिलका अध्यक्ष बस्नेतविरुद्ध साइबर ब्यूरोमा उजुरी

 |  सोमबार, जेठ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २२, २०८०

काठमाडौं- प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको छ। आफूलाई मध्यरातमा फेसबुकको म्यासेन्जर र एसएमएस गरी भेट्ने प्रस्ताव गरी मानसिक तनाव दिएको भन्दै बस्नेतविरुद्ध जेठ १८ मा उजुरी दिएकी हुन्। 

बस्नेतविरुद्ध जेठ १८ गते ती युवतीले साइबर ब्यूरोमा उजुरी दिएकी हुन्। पीडित युवतीले आफ्नो उजुरीमा बालकृष्ण बस्नेत नाम गरेका व्यक्तिले जेठ १५ गते मध्यरातमा आफूलाई म्यासेन्जरमा कल गरी भेट्ने प्रस्ताव गरेको र एसएमएसमार्फत् पनि रातको समयमा टर्चर दिएको भन्दै सो व्यक्ति पत्ता लगाई कारबाही गर्न माग गरेकी छिन्।

जेठ १५ गते मध्यरातमा आफूमाथि हिंसा भएकोबारे पीडित युवतीले जेठ १६ गते फेसबुकमा स्टाटस लेखेकी थिइन्। युवतिको स्टाटसमा अडियोमा बालकृष्णकै आवाज रहेको प्रष्ट भएको भन्दै अब फेसबुक ह्याक भयो भन्ने नाटक नगर्नसमेत चेतावनी दिएकी थिइन्।
 

प्रकाशित: Jun 05, 2023| 18:36 सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्