शनिबार, साउन ३०, २०८३

त्रिशूलीमा टिपर खस्दा चालक घाइते

 |  सोमबार, जेठ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २२, २०८०

चितवन- नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा टिपर खस्दा चालक घाइते भएका छन्।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ क ०१४० नम्बरको सिमेन्ट बोकेको टिपर अनियन्त्रित भई त्रिशूलीमा खसेको हो। 

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बर्षमाडीका ३२ वर्षीय चालक प्रदीप थिङ घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। टिपर नदीबाट निकाल्न सकिएको छैन। 
 

प्रकाशित: Jun 05, 2023| 18:11 सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्