मंगलबार, भदौ १०, २०८२

गौर हत्याकाण्डको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा

७ चैत २०६३ मा रौतहटको गौरमा अवस्थित राइस मिलमा तत्कालीन मधेसी जनअधिकार फोरम समर्थकले २८ माओवादी कार्यकर्ताको हत्या गरेका थिए। 
 |  सोमबार, जेठ २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २२, २०८०

vianetvianet

काठमाडौं– आजभन्दा १६ वर्षअघि रौतहटको गौरमा भएको हत्याकाण्डसम्बन्धी सर्वोच्च अदालतमा परेको रिटको पेशी न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ। गौरमा अवस्थित राइस मिलमा ७ चैत २०६३ मा २८ माओवादी कार्यकर्ताको हत्या भएको थियो। 

Kumaribank

तत्कालीन मधेसी जनअधिकार फोरम समर्थक माओवादी कार्यकर्तामाथि भाला, छुरा, लाठीसहित आक्रमण गर्दा ठूलो संख्यामा हताहती भएको थियो। मधेसी जनअधिकार फोरमका मुखिया त्यतिबेला उपेन्द्र यादव थिए।

उपेन्द्र हाल संघीय समाजवादी पार्टी अध्यक्ष एवं सांसद रहेका छन्। दस दलीय गठबन्धनमा आबद्ध जसपाले हाल मधेस प्रदेशमा सरकार चलाइरहेको छ।
गौर नरसंहारका दोषीमाथि छानबिन गरी कानुनी कारबाही गर्न माग गर्दै त्रिभुवन साहले हिजो मात्रै सर्वोच्चमा रिट दायर गरेका हुन्।

हत्याकाण्डविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिँदा प्रहरीले दोषीमाथि छानबिन तथा मुद्दा दायर नगरेको भन्दै पीडित परिवारले आइतबार सर्वोच्चमा मुद्दा दर्ता गराएका हुन्। हत्यामा फोरम सम्बद्ध नेता, कार्यकर्ता तथा आपराधिक समूहको हात रहेको आरोप साहले लगाएका छन्।

साहले रिटमा उक्त घटनाको पुनः अनुसन्धान गरी मुद्दा दायर गर्न माग गरेका छन्। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला सरकारी वकिल कार्यालय रौतहट लगायतलाई विपक्षी बनाइएको छ। 

Metro Mart

माओवादी कार्यकर्ताले कार्यक्रम सुरु गर्न लाग्दा मधेसी जनअधिकार फोरम सम्बद्ध नेता तथा कार्यकर्ताले दिउँसो १ः४५ बजे मञ्जमा पुगेर आक्रमण गरेका थिए। २७ जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको थियो।

यसअघिका सरकारले गौर हत्यालाई राजनीतिक रङ दिएर घटना सामसुम पार्दै आए पनि सर्वोच्चमा मुद्दा परेपछि पुनः ब्युँतिएको हो।

प्रकाशित: Jun 05, 2023| 12:24 सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्