रुपन्देहीबाट अर्घाखाची जाँदै गरेको जिप पाल्पाको सत्यवती केवरे डाँडामा दुर्घटना हुँदा मृत्यु भएका ४ जनाको सनाखत भएको छ।
लु १ च ९०२४ नम्बरको जिप आइतबार बेलुका ५ बजेतिर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
मृत्यु हुनेहरुमा पाणिनी गाउँपालिका-१ पणेनाकी ५५ वर्षिया श्यामकला परियार, वडा नं २ पोखराथोकका २६ वर्षीय चालक रमेश विक, २५ वर्षीया सिता गौतम, २ वर्षका संयोग गौतमको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
दुर्घटना भएको बोलेरो जिप रातो प्लेटको निजी सवारी साधन हो तर जिपले भाडाका यात्रु बोकेको थियो।