आइतबार, साउन ३१, २०८३

गौर हत्याकाण्डको रिटमा आज पेशी

 |  सोमबार, जेठ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २२, २०८०

काठमाडौं- १६ वर्षअघि भएको गौर हत्याकाण्डको छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने मागसहित पीडितले सर्वोच्च अदालतमा दिएको रिट दर्ता भएको छ। रिटको पेसी सोमबारका लागि तोकिएको छ।

गौर हत्याकाण्डमा मारिएका व्यक्तिका आफन्तहरूले जिल्ला प्रहरी कार्यालय रौटहटमा जाहेरी दिँदासमेत छानबिन नभएको भन्दै अनुसन्धान अघि बढाउन आदेश माग गर्दै सर्वोच्चमा रिट हालेका हुन्। तत्कालीन मधेसी जनाधिकार फोरमका नेता उपेन्द्र यादवसहित घटनाका दोषीविरुद्ध कारबाहीको माग गर्दै मुद्दा दर्ता गरेको पीडितले बताएका छन्।

मृतकका आफन्तले केही दिन पहिले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि भेटेका थिए। भेटमा घटनाका बारेमा जानकारी गराएको र श्रेष्ठले अगाडि बढाउने आश्वासन दिएको पीडितले बताएका छन्।

प्रकाशित: Jun 05, 2023| 07:02 सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्