आइतबार, साउन ३१, २०८३

बिहारमा बन्दै गरेको तीन किलोमिटर लामो पुल गर्ल्याम्मै

 |  सोमबार, जेठ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २२, २०८०

भारतको बिहारस्थित भागलपुर जिल्लामा गंगा नदीमाथि बन्दै गरेको पुल भत्किएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार पुल भत्किँदा मानवीय क्षति भने भएको छैन।

यो पुल आइतबार साँझ ६ बजेतिर भत्किएको हो। पुल भत्किँदै गरेको भिडियो स्थानीयवासीले खिचेका छन्।

बन्दै गरेको पुल भत्किएको विषयमा बिहार सरकारले छानबिनको आदेश दिएको छ। मुख्यमन्त्री नितिश कुमारले यो घटनामा दोषी ठहरिनेलाई कडा कारबाही गर्ने बताएका छन्।

भागलपुरको सुल्तानगन्ज र खगडिया जिल्लाको अगुवानी भन्ने ठाउँको बीचमा बनिरहेको यो पुल चार लेनको हो। करिब तीन किलोमिटर लामो यो पुलको फाउन्डेसनका ३० भन्दा बढी स्ल्याब भत्केको अनुमान छ।

यो पुल सन् २०१४ मा मुख्यमन्त्री नितिश कुमारले शिलान्यास गरेका थिए। पाँच वर्षमा निर्माण सक्ने सम्झौतासहित यो पुल एक निजी कम्पनीलाई जिम्मा दिइएको थियो। तर सात वर्ष बितिसक्दा पनि पुल बनिसकेको थिएन। पुल बनाउन एक हजार सात सय करोड भारूभन्दा धेरै रकम लाग्ने अनुमान थियो।
 

प्रकाशित: Jun 05, 2023| 06:20 सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्