मंगलबार, कात्तिक ६, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

पृथ्वी राजमार्गको पूर्वी खण्ड कालोपत्रे सुरु

 |  आइतबार, जेठ २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २१, २०८०

डुम्रे- पृथ्वी राजमार्गको पोखरा-मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वी खण्ड कालोपत्रे गर्न सुरु गरिएको छ। आयोजनाको पूर्वीखण्डको परीक्षणपछि कालोपत्रे गर्न सुरु गरिएको हो।

triton college

तनहुँको आँबुखैरेनी गाउँपालिका-१ सत्रसय क्षेत्रमा कालोपत्रे गर्ने काम भइरहेको पोखरा-मुग्लिन सडक योजना (पूर्वी खण्ड) का प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिएका छन्। उनका अनुसार दुई लेनको सडकलाई चार लेन बनाउने क्रममा पहिलो चरणमा दुई लेन कालोपत्रे गर्न सुरु गरिएको छ।

‘पहिलो चरणको परीक्षण सकिएपछि कालोपत्रे सुरु गरेका हौँ, कालोपत्रे गर्दै जाने हो, यति नै गर्नेछौँ भन्ने छैन, माटोअनुसारको कालोपत्रे गर्नुपर्ने हुन्छ, परीक्षण गर्दै कालोपत्रे गर्नेछौं’, प्रमुख सुवेदीले भने। चालु आर्थिक वर्षमा सात किलोमिटर पूरा गर्ने गरी कालोपत्रे गर्न थालिएको उनले बताए।

‘यातायात आवागमनलाई सहजताका लागि पहिलो चरणमा दुई लेन कालोपत्रे गरिन्छ, त्यसपछि अर्कोतर्फको सडकमा कालोपत्रे गरिन्छ’, प्रमुख सुवेदीले भने। यस खण्डमा सडक विस्तारअन्तर्गत सत्रसय क्षेत्रमा कालोपत्रे र अन्य क्षेत्रमा फराकिलो बनाउने, टेवा पर्खाल लगाउने, भित्तो कटान तथा खाल्टा पुर्ने, पक्की पुल तथा कल्भर्ट निर्माणको काम भइरहेको उनले बताए।

सुवेदीले भने, ‘निर्धारित समयमा पूरा गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिएका छौँ, निर्धारित समयमा सडक निर्माणको काम सम्पन्न गरी सर्वसाधारणलाई सहज बनाउन प्रतिबद्ध छौँ, अब सडक विस्तारअन्तर्गत सम्याउने र यसलाई क्रमिकरूपमा कालोपत्रे गर्नेछौँ।’ मापदण्डलगायत सबै पुगेका क्षेत्रमा यससँगै कालोपत्रे गर्दै काम सम्पन्न गर्ने उनले बताए।

Metro Mart
vianet

पूर्वी खण्डको निर्माणका लागि विसं २०७७ माघ १७ मा सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो। करिब ४१ दशमलव ४५ किलोमिटर यस खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ भने यस खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ।

पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्म विसं २०७८ जेठ २ मा सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो। यस खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ। यस खण्डको म्याद २०८१ भदौसम्म रहेको छ। विसं २०२६ मा रेखांकन गरिएको यस सडकमा सवारी चाप बढेसँगै एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउने कार्य तीव्रताका साथ भइरहेको छ।

पूर्वी खण्डको रु छ अर्ब २१ करोड ३१ लाख १३ हजार र पश्चिम खण्डको रु सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का लागेको छ। सडक विस्तार गर्दा सडक सीमा दुईतर्फी २५-२५ मिटर हुनेछ भने सहरी क्षेत्र तथा बाक्लो बस्ती भएको स्थानमा ४१ मिटर चौडाइको सडक निर्माण हुनेछ।

सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक निर्माण हुनेछ। दुलेगौँडाबाट खैरेनीटार बजारसम्म, कोत्रे बजारक्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ।

सडक विस्तारका क्रममा धुलो हुँदा स्थानीयले समयसमयमा पानी हाली सहज बनाउनसमेत माग गर्दै आएका छन्। सडक विस्तारबाट हुने प्रदूषणको व्यवस्थापन गर्न वा निराकरणकै लागि पनि पानी हाली सहजता कायम गर्न उनीहरूले माग गरेका हुन्। 

प्रकाशित: Jun 04, 2023| 19:43 आइतबार, जेठ २१, २०८०
प्रतिक्रिया दिनुहोस्