आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • चीन-अमेरिका मतभेदको उचित व्यवस्थापन गर्नुपर्छः चिनियाँ रक्षामन्त्री

चीन-अमेरिका मतभेदको उचित व्यवस्थापन गर्नुपर्छः चिनियाँ रक्षामन्त्री

 |  आइतबार, जेठ २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २१, २०८०

चिनियाँ रक्षामन्त्री ली शाङफुले चीन र संयुक्त राज्य अमेरिकाले मतभेद र जटिल  कठिनाइको उचित व्यवस्थापन गर्नुपर्ने र आपसमा मिलाउने सही बाटो खोज्नुपर्ने बताएका छन्।
चीन–अमेरिका २० औं ‘साङ्ग्रिला डायलग’ मा सम्बोधन गर्दै लीले भने, 'यो सम्बन्ध विश्वव्यापी रणनीतिक स्थिरतामा निर्भर गर्दछ र यो विश्वव्यापी ध्यानको केन्द्र बिन्दु हो।'  उनले दुवै देशलाई विश्व समुदायको अपेक्षाअनुसार चल्न र समयको प्रवृत्तिलाई पछ्याउन आह्वान गरे।
लीले अन्तर्राष्ट्रिय समुदायले चीन र अमेरिकाबीच बलियो र स्थिर सम्बन्धको खोजी गरिरहेको बताए। चीन सम्बन्धमा कुनै पनि सम्भावित संघर्ष वा टकरावको बारेमा चिन्तित छ, जुन संसारको लागि एक असह्य विपत्ति हुनेछ।

उनले भने, 'आफ्नो स्वार्थका लागि गुटको मुठभेड भड्काउनुको साटो प्रमुख देशहरूले सबैको हितलाई ध्यानमा राख्नुपर्छ। आदानप्रदान र सहयोगको माध्यमबाट मतभेदको समाधान गर्नुपर्छ।'

विभिन्न प्रणाली र अन्य मतभेदका बावजुद चीन र अमेरिकाले द्विपक्षीय सम्बन्ध बढाउन र सहयोगलाई प्रगाढ बनाउन साझा आधार र हितको खोजी गर्नुपर्ने उल्लेख गर्दै दुवै देशले सहयोगबाट फाइदा उठाएको र मुठभेडबाट हारेको इतिहासले प्रमाणित गरेको उनले बताए।

चीनले अमेरिकासँग नयाँ प्रकारको प्रमुख देशहरूको सम्बन्ध विकास गर्न चाहेको उल्लेख गर्दै लीले अमेरिकी पक्षलाई इमानदारीका साथ सम्बन्ध बिग्रनबाट जोगाउने काम गर्न, आफ्ना शब्दहरूलाई कामसँग जोड्न र विश्वका दुवै अर्थतन्त्रलाई स्थिर गर्न चीनसँग एउटै दिशामा मिलेर काम गर्न ठोस कदम चाल्न आह्वान गरे। लीले विगत केही वर्षयता चीन र अमेरिकाबीचको सम्बन्धमा तनाब रहेको बताएका थिए।
 
दुई देशबीचको कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नै अहिले सम्बन्ध निकै कमजोर बनेको छ। उनले चीन र अमेरिका दुबैको विजयका लागि सहकार्यका तीन सिद्धान्त आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्वलाई पछ्याउनु नै सही बाटो भएको बताए। लीले अमेरिकालाई कठिन परिस्थितिबाट द्विपक्षीय सम्बन्धलाई सही मार्गमा फर्काउनर यसबाट दुवै देश र समग्र विश्वलाई थप लाभ प्रदान गर्न सकियोस् भनी मिलेर काम गर्ने वातावरण निर्माण गर्न आह्वान गरे।

 

प्रकाशित: Jun 04, 2023| 18:29 आइतबार, जेठ २१, २०८०
प्रतिक्रिया दिनुहोस्