आइतबार, साउन ३१, २०८३

खलङ्गामा अचेत भेटिएका व्यक्तिको उपचारका क्रममा मृत्यु

 |  आइतबार, जेठ २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २१, २०८०

दार्चुला- दार्चुला सदरमुकाम खलङ्गामा अचेत अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। उनको आज बिहान जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 

गए राति गस्ती गर्ने क्रममा प्रहरीले खलङ्गास्थित बसपार्कमा ती व्यक्तिलाई रक्ताम्य अवस्थामा फेला पारेको हो। राति नै प्रहरीले उनलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याएको प्रहरी निरीक्षक एवम् सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

टाउको र शरीरभरि घाउ भएका ती व्यक्तिको नाम र ठेगाना खुल्न सकेको छैन। उनको शव जिल्ला अस्पतालमा राखिएको छ। ती व्यक्तिको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। 
 

प्रकाशित: Jun 04, 2023| 14:57 आइतबार, जेठ २१, २०८०
प्रतिक्रिया दिनुहोस्