काठमाडौं- देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारीसाधन दुर्घटनामा ६ जनाको ज्यान गएको छ भने फरक फरक स्थानमा ५ जना मृत फेला परेका छन्।
प्रहरीका अनुसार काठमाडौं, चन्द्रागिरी नगरपालिका-४ थानकोटस्थित सडकमा ना.५ ख ५३२२ नम्बरको ट्रकले प्र.३-०२-००१ प ८८२५ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक धादिङ गल्छी गाउँपालिका-४ बैरेनी घर भएका ३७ वर्षीय गोबिन्द प्रसाद अधिकारीको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको न्यूरो अस्पताल बासबारीमा उपचार भइरहेको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रुपन्देही, बुटवल उपमहानगरपालिका-१२ तामनगरमा लु.१ ख ९०६३ नम्बरको बस र लु.३९ प ९१५७ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा मोटरसाइकल चालक गुल्मी मालिका गाउँपालिका-४ अर्खवाङ बस्ने १७ वर्षीय सुजन अर्याल र मोटरसाइकलमा सवार सोही गाउँपालिका-८ किशन टहरी बस्ने २६ वर्षीय प्रकाश पन्थी रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सर्लाही, बसबरिया नगरपालिका-१ मानपुरमा बिआर ०६ एके २१७० नम्बरको मोटरसाइकलले प्र.२-०२-००१ प ११३४ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा प्र.२-०२-००१ प ११३४ नम्बरको मोटरसाइकल चालक सोही ठाउँ बस्ने २० वर्षीय रबिन्द्र कुमार यादवको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको ह्यापी मेडिकेयर अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार बिआर ०६ एके २१७० नम्बरको मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ।
नवलपरासी (पश्चिम), रामग्राम नगरपालिका-८ त्रिवेणीस्थित सडकमा लु.११ प १९९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। हाल उनको नाम, थर, वतन खुल्न सकेको छैन। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो।
कैलाली, टीकापुर नगरपालिका-७ स्थित सडकमा से.४ प ५८८२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री भजनी नगरपालिका-८ सोनाफाँटा बस्ने ६० वर्षीय सोमैया चौधरीको मृत्यु भएको छ। शुक्रबार राति ठक्करबाट गम्भीर घाइते भएका उनको भेरी अस्पताल बाँके हुँदै टीकापुर अस्पताल कैलालीमा थप उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मृत फेला
सुनसरी, बराहक्षेत्र नगरपालिका-७ देविघाट बस्ने ८१ वर्षीया मनमाया आचार्य सोही नगरपालिका-६ पहिरोस्थित आफ्नै बारीमा शनिबार मृत अवस्थामा फेला परेकी छन्।
धनुषा, क्षिरेश्वरनाथ नगरपालिका-५ स्थित ऐभरेष्ट पेपरमिल दुधमतीमा पेपर फिनिसरको काम गरी बस्ने भारत दरभंगा घर भएका ६५ वर्षीय नन्दकिशोर यादव आफ्नो क्वार्टरको बाहिर खाटमा शनिबार मृत अवस्थामा फेला परेका छन्।
खोटाङ, खोटेहाङ गाउँपालिका-९ रिट्ठाबोटेस्थित सुनकोशी नदीको किनारमा उदयपुर रौतामाई गाउँपालिका-३ लाफागाउँ बेलबोटे बस्ने ज्ञानेन्द्र बस्नेतकी छोरी १० वर्षीया समिक्षा बस्नेत शनिबार मृत अवस्थामा फेला परेकी छिन्। बिहीबार बिहान उदयपुर रौतामाई गाउँपालिका-३ जिमिरेस्थित सुनकोशी नदीमा पौडी खेल्ने क्रममा नदीले बगाई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो।
पाँचथर, तुम्बेवा गाउँपालिका-२ कुसुमेस्थित तमोर नदीमा हाल, नाम, थर, वतन नखुलेका पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन्।
सप्तरी, सुरुङगा नगरपालिका-५ कुशहा बेल्ही सडकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन्।
डुबेर मृत्यु
मकवानपुर, बकैया गाउँपालिका-६ बेसीटोल बस्ने बिजय भोम्जनको छोरा ११ वर्षीय सन्देश भोम्जनको सोही ठाउँस्थित बकैया खोलामा नुहाउने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको
छ।