आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • खाणको तर्फबाट दुई पूर्वमहान्यायाधिवक्ता र बार अध्यक्षले बहस गर्ने

खाणको तर्फबाट दुई पूर्वमहान्यायाधिवक्ता र बार अध्यक्षले बहस गर्ने

 |  आइतबार, जेठ २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २१, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृण खाणका पक्षबाट तीन पूर्व महान्यायाधिवक्तासहित दर्जनभन्दा बढी अधिवक्ताले बहस गर्ने भएका छन् ।

खाणबाट पूर्व महान्यायाधिवक्ताद्वय खम्मबहादुर खाती र महादेव यादव र अर्का वरिष्ठ अधिवक्ता हरिहर दाहालले बहस गर्ने भएका छन्। खाती खाण गृहमन्त्री हुँदा महान्यायाधिवक्ता थिए।

नेपाल बार एसोसिएसनका वर्तमान र पूर्वअध्यक्षहरूले पनि खाणको पक्षमा बहस गर्दैछन्। बारका वर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे र पूर्वअध्यक्षद्वय शेरबहादुर केसी र प्रेमबहादुर खड्काले खाणको पक्षबाट बहस गर्ने भएका हुन्। 

खाणको पक्षबाट बहस गर्न चाहने अधिवक्ताको संख्या धेरै भएकाले काँटछाँट गरेर सूची तयार गर्न लागिएको बताइएको छ। 

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेर प्रहरी हिरासतमा रहेका अभियुक्तहरुको आजदेखि थुनछेक बहस हुन लागेको हो।
 

प्रकाशित: Jun 04, 2023| 11:21 आइतबार, जेठ २१, २०८०
प्रतिक्रिया दिनुहोस्