मंगलबार, भदौ १०, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • खाणको तर्फबाट दुई पूर्वमहान्यायाधिवक्ता र बार अध्यक्षले बहस गर्ने

खाणको तर्फबाट दुई पूर्वमहान्यायाधिवक्ता र बार अध्यक्षले बहस गर्ने

 |  आइतबार, जेठ २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २१, २०८०

vianetvianet

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृण खाणका पक्षबाट तीन पूर्व महान्यायाधिवक्तासहित दर्जनभन्दा बढी अधिवक्ताले बहस गर्ने भएका छन् ।

Kumaribank

खाणबाट पूर्व महान्यायाधिवक्ताद्वय खम्मबहादुर खाती र महादेव यादव र अर्का वरिष्ठ अधिवक्ता हरिहर दाहालले बहस गर्ने भएका छन्। खाती खाण गृहमन्त्री हुँदा महान्यायाधिवक्ता थिए।

नेपाल बार एसोसिएसनका वर्तमान र पूर्वअध्यक्षहरूले पनि खाणको पक्षमा बहस गर्दैछन्। बारका वर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे र पूर्वअध्यक्षद्वय शेरबहादुर केसी र प्रेमबहादुर खड्काले खाणको पक्षबाट बहस गर्ने भएका हुन्। 

खाणको पक्षबाट बहस गर्न चाहने अधिवक्ताको संख्या धेरै भएकाले काँटछाँट गरेर सूची तयार गर्न लागिएको बताइएको छ। 

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेर प्रहरी हिरासतमा रहेका अभियुक्तहरुको आजदेखि थुनछेक बहस हुन लागेको हो।
 

Metro Mart

प्रकाशित: Jun 04, 2023| 11:21 आइतबार, जेठ २१, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तिजको उल्लास

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तिजको उल्लास

आजको दिन हिन्दु महिलाहरूले भगवान शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउने गर्छन्।
जसलाई तीजले छोएन

जसलाई तीजले छोएन

कतै नयाँ भेषभूषा र मीठा परिकारसहित तीजको रौनक छाउँछ भने कतै दुःख, उजाड र पीडाले भरिएका कथाहरु पनि छन्। गरिबीले पिल्सिएकाहरुलाई तीजले छोएको छैन्।