मंगलबार, असोज ९, २०८०

नक्कली शरणार्थी प्रकरणमा आजदेखि थुनछेक बहस

 |  आइतबार, जेठ २१, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २१, २०८०

नक्कली शरणार्थी प्रकरणमा मुद्दा चलाइएका अभियुक्तको आजदेखि जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस शुरु हुँदैछ। शुक्रबार बयान सकिएकाले आइतबारदेखि सरकारी वकिलले बहस गर्न लागेका हुन्।

sagarmatha cement

बयानको सबै फाइल शुक्रबार अबेरमात्रै पाएकाले अध्ययन गर्न समय चाहिने भन्दै जाहेरीकर्ताका कानुन व्यवसायी र सरकारी वकिलले केही समय माग्ने तयारी पनि गरेका छन्। इजलासले यो अनुमति दिएको अवस्था बाहेक आजदेखि नै थुनछेक बहस सुरु हुनेछ।

शुरुमा सरकारी वकिल र जाहेरीकर्ताका कानुन व्यवसायीहरुले आरोपितहरुलाई थुनामा नै राखेर मुद्दाको प्रक्रिया अघि बढाउनुपर्ने माग गर्नेछन्। त्यसपछि मात्रै आरोपितहरुको प्रतिरक्षा गर्ने कानुन व्यवसायीहरुको पालो आउनेछ। दुवै पक्षको बहस सुनेपछि इजलासले उनीहरुलाई थुनामै राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्नेबारे एउटा निर्णय लिनेछ।

जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा नै थुकछेक बहस हुनेछ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, तत्कालीन गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायत पक्राउ परेका छन्।

प्रकाशित: Jun 04, 2023| 10:18 आइतबार, जेठ २१, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्