आइतबार, साउन ३१, २०८३

नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ

 |  आइतबार, जेठ २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २१, २०८०

काठमाडौं- नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदमविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुने भएको छ।

वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले शुक्रबार रिट दर्ता गराएका थिए। अघिल्लो संसद्‌बाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने कार्य अवैधानिक भएको भन्दै प्रमाणीकरणलाई परमादेशको आदेशबाट बदर गर्न रिटमा माग गरिएको छ। त्यस्तै, विधेयकमा रहेका प्रावधानहरू समेतमा पुनरावलोकन गर्नुपर्ने भन्दै अदालतबाट अन्तरिम आदेश समेत माग गरिएको छ।

राष्ट्रपति पौडेलले गत बुधबार विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए। यसको समर्थन र विरोधमा बहस भइरहेको छ। 

प्रकाशित: Jun 04, 2023| 08:05 आइतबार, जेठ २१, २०८०
प्रतिक्रिया दिनुहोस्