आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • नक्कली शरणार्थी प्रकरणको अनुसन्धान खेर नजाने गृहमन्त्रीको दाबी

नक्कली शरणार्थी प्रकरणको अनुसन्धान खेर नजाने गृहमन्त्रीको दाबी

नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वतन्त्र र निष्पक्ष रूपमा अनुसन्धान गरी दोषीमाथि कारबाही गरिने गृहमन्त्रीको उद्घोष।
 |  शनिबार, जेठ २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २०, २०८०

काठमाडौं– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरिरहेको अनुसन्धान खेर नजाने बताएका छन्।
शनिबार काठमाडौंमा स्थानीय तहका दलित जनप्रतिनिधिको पहिलो राष्ट्रिय भेलामा उनले नक्कली शरणार्थी प्रकरणबारे बोलेका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वतन्त्र र निष्पक्ष रूपमा अनुसन्धान गरी दोषीमाथि कारबाही गरिने उनले उल्लेख गरे। राम्रो काम गरें भनेर आफू विश्राम गरेर नबस्ने उनको भनाइ थियो।

गृहमन्त्री श्रेष्ठले जुनसुकै पार्टीका नेता भ्रष्टाचार र अनियमिततामा फेला परे कारबाही गर्न पछि नपर्ने दृढता व्यक्त गरे। आफ्नै पार्टीका नेताहरू पनि भ्रष्टाचार काण्डमा परे कारबाही गरिने उनले प्रतिबद्धता जनाए। बढुवा, सरुवाका निम्ति अनियमितता गरेर रकम दिने र लिने दुवैलाई जेल हाल्ने चेतावनी उनले दिए।

प्रकाशित: Jun 03, 2023| 16:18 शनिबार, जेठ २०, २०८०
प्रतिक्रिया दिनुहोस्