आइतबार, साउन ३१, २०८३

गुडिरहेको गाडीबाट खस्दा एक महिलाको मृत्यु

भक्तपुर नगरपालिका–१ सल्लाघारी हनुमन्ते पुलस्थित राधेराधेबाट निकोसेरातर्फ जाँदै गरेको बा२१च ५३०१ नम्बरको गाडीको पछाडि सवार एक महिलाको खसेर मृत्यु भएको हो।
 |  शनिबार, जेठ २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २०, २०८०

काठमाडौं– गुडिरहेको गाडीबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु भएको छ।

भक्तपुर नगरपालिका–१ सल्लाघारी हनुमन्ते पुलस्थित राधेराधेबाट निकोसेरातर्फ जाँदै गरेको बा२१च ५३०१ नम्बरको गाडीको पछाडि सवार एक महिलाको खसेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए।

करिब ४३ वर्षीया मृतक महिलाको पहिचान हुन नसकेको उनले बताए। गाडीबाट खसेर घाइते भएकी महिलाको सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए। 

गाडी चालक काभ्रे भुम्लु गाउँपालिका–३ घर भई हाल ललितपुर इमाडोल बस्ने ३० वर्षीय सूर्यबहादुर पहरीलाई पक्राउ गरी प्रहरी वृत्त जगातीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: Jun 03, 2023| 13:47 शनिबार, जेठ २०, २०८०
प्रतिक्रिया दिनुहोस्