आइतबार, साउन ३१, २०८३

नेपालको आपत्तिपछि संसद्को मुरलबारे बोल्यो भारत

 |  शुक्रबार, जेठ १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १९, २०८०

काठमाडौं- आफ्नो संसद् भवनको भित्तामा कुँदिएको चित्र (मुरल)बारे नेपालले आपत्ति जनाएपछि भारतले पहिलो पटक आधिकारिक बयान दिएको छ।

नयाँ संसद् भवनमा दक्षिण एसियाको भौगोलिक भित्तेचित्र छ, जसमा नेपालको कपिलवस्तु र लुम्बिनीलाई पनि चित्रण गरिएको छ। यस भित्तेचित्रमा पाकिस्तानको तक्षशिला र मानसेरा पनि देख्न सकिन्छ। 

आफ्नो साप्ताहिक पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने, 'संसद्‍मा जे राखिएको छ, त्यसले अशोकको साम्राज्य विस्तार भएको देखाएको छ। यी भित्ते चित्रहरूले अशोकको जिम्मेवार र जनताप्रति समर्पित शासनको वर्णन गर्दछन्। भित्ते चित्रले त्यही कुरा बताउँछ।'

नेपालका प्रधानमन्त्री प्रचण्डको जारी भारत भ्रमणमा यस विषयमा कुनै कुरा नभएको पनि बागचीले बताए। 

नेपालमा यो भित्तेचित्रमाथि प्रश्न उठेपछि भारत पहिलोपल्ट बोलेको हो। नेपालका धेरै इतिहासकारले पनि यसलाई गलत भनेका छन्।
 

प्रकाशित: Jun 02, 2023| 22:05 शुक्रबार, जेठ १९, २०८०
प्रतिक्रिया दिनुहोस्