मंगलबार, भदौ १०, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • उपप्रधानमन्त्री खड्काले भाइ-बुहारीको सेवामा खटाएका हवल्दारको मृत्यु

उपप्रधानमन्त्री खड्काले भाइ-बुहारीको सेवामा खटाएका हवल्दारको मृत्यु

 |  शुक्रबार, जेठ १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १९, २०८०

vianetvianet

काठमाडौं-  १६ जेठमा बाँकेमा यात्रुवाहक बस र कार एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भयो। बाँकेको राप्तीसोनारी गाउँपालिका ८ शम्शेरगन्ज पोष्टको मुगवा खोलाको सडकमा सवारी दुर्घटना भएको हो।

Kumaribank

पश्चिमबाट पूर्व जाँदै गरेको मे १ ख ३३३५ नम्बरको बस र पूर्वबाट पश्चिम जाँदै गरेको बा १३ च ८२५३ नम्बरको कार मंगलबार ठोक्किँदा कारमा सवार दुई जनको मृत्यु भएको हो।

दुर्घटनामा कार चालक गोरखा जिल्लाका ३७ वर्षीय शुभाष अधिकारी र बुटवलकी ५४ वर्षीया सन्जु खाती खड्काको मृत्यु भयो। मृतक खड्का प्रादेशिक अस्पताल सुर्खेतमा कार्यरत चिकित्सक हुन्।

सुवास उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काका लागि सरकारले उपलब्ध गराएका सवारी चालक थिए। मृतक सञ्जु भने खड्काका भाइबुहारी हुन्।

सशस्त्र प्रहरीका कामु वरिष्ठ हवल्दार अधिकारीलाई गृह मन्त्रालयमार्फत सशस्त्रले उपप्रम खड्काको सवारी चालकका रूपमा उपलब्ध गराएको थियो।

Metro Mart

प्रकाशित: Jun 02, 2023| 21:01 शुक्रबार, जेठ १९, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तीजको उल्लास

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तीजको उल्लास

आजको दिन हिन्दु महिलाहरूले भगवान शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउने गर्छन्।
जसलाई तीजले छोएन

जसलाई तीजले छोएन

कतै नयाँ भेषभूषा र मीठा परिकारसहित तीजको रौनक छाउँछ भने कतै दुःख, उजाड र पीडाले भरिएका कथाहरु पनि छन्। गरिबीले पिल्सिएकाहरुलाई तीजले छोएको छैन्।