मंगलबार, भदौ १०, २०८२

करिडोरले फेरियो कालापानीको मुहार

पहिले १० दिन लाग्ने बाटो सडक निर्माणले एक दिनमा छोट्याइदिएको छ। अहिले बिहान हिँड्यो भने बुटवल, पाल्पा, पोखरा जहाँ गएर पनि पराजुलीका गाउँले बेलुका घर फर्किन सक्छन्।
 |  शुक्रबार, जेठ १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १९, २०८०

vianetvianet

पर्वत- कुनैबेला मकै, घिउ, चामल, महलगायत स्थानीय उत्पादनको भारी बोकेर पाँच दिन हिँडेपछि बुटवल पुगिन्थ्यो। आफूले लगेको वस्तुसँग नुन, चिनी, चियापत्तीजस्ता वस्तु साटेर फेरि पाँच दिनको पैदल यात्रा गरेर फर्किनुपर्थ्यो।

Kumaribank

यो चार दशकअघिको समय हो। पर्वतको विहादी गाउँपालिका वडा नं २ बर्राचौरका ८३ वर्षीय इन्द्रप्रसाद पराजुली भन्छन्, ‘लगातारको हिँडाइ, धपेडी र हावापानी नमिल्दा नुन बोक्न जाँदा कतिपयको बाटोमै ज्यानसमेत जान्थ्यो।’ पराजुली कयौँपटक नुनको भारी बोक्न बुटवल गएका छन्। उनी भन्छन्, ‘अहिले घरघर बाटो आएको छ, बिजुली बलेको छ, गाउँगाउँमा पसल छन्, यो देख्दा सपनाजस्तो लाग्छ।’

यो परिवर्तन उत्तर-दक्षिण जोड्ने सबैभन्दा छोटो मार्ग कालीगण्डकी करिडोरले ल्याएको हो। २०६५ सालदेखि निर्माण सुरु भएको यो सडकले लगभग पूर्णता पाएको छ।

पहिले १० दिन लाग्ने बाटो सडक निर्माणले एक दिनमा छोट्याइदिएको छ। अहिले बिहान हिँड्यो भने बुटवल, पाल्पा, पोखरा जहाँ गएर पनि पराजुलीका गाउँले बेलुका घर फर्किन सक्छन्।

विहादी–१ का गगनबहादुर क्षेत्रीले कालीगण्डकी करिडोर खुलेपछि यस क्षेत्रको मुहार नै परिवर्तन भएको बताए। विगतमा हप्तौँ दिन भारी बोक्नुपर्ने, खच्चरमा सामान बोक्नुपर्ने, डोकोमा बिरामी बोकेर अस्पताल पुर्‍याउनुपर्ने जस्ता समस्या हटेको बताए।

Metro Mart

करिडोर खुलेपछि आसपासमा पक्की घर निर्माण भएका छन् भने बाच्छा, कर्नास, बरौचौर, रानीपानी, फलेवासलगायतका ठाउँमा बजार विस्तार भइरहेको छ।

‘पहिले लत्ताकपडा, खाद्यान्न, नुन, मट्टितेल, चिनीलगायत घरायसी सामान चाहिए पैदलै हिँडेर बुटवल जानपथ्र्यो, अहिले भने जे खोज्यो त्यही दैलोमै ल्याएर गाडिले झार्दिन्छ,’ बाच्छाका स्थानीय भीमबहादुर खड्काले भने।

कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने ५३ किलोमिटरमध्ये हालसम्म २० किलोमिटर कालोपत्रे भइसकेको छ। उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वत खण्डको भौतिक प्रगति ६५ प्रतिशत छ।

स्याङ्जाको मिर्मिदेखि पर्वतको सेतीवेणीसम्मको १० किलोमिटर सडक भौगोलिक अवस्थाका कारण दु्रतगतिमा निर्माण हुन नसके पनि अन्य खण्डमा भने धमाधम काम भइरहेको कालीगण्डकी करिडोर आयोजना कार्यालयले जनाएको छ।

कालीगण्डकी करिडोर आयोजना गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डका आयोजना प्रमुख शंकर पौडेलका अनुसार रानीपानीदेखि फलेवास ढिकसम्मको २२ किमी सडकमा अझै तीन किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ। बर्राचौरस्थित खबरको भीर र पाङराङदेखि फलेवासको ढिकसम्मको सडक कालोपत्रे गर्न बाँकी छ। आयोजनाका अनुसार सेतीवेणीदेखि रानीपानीसम्मको ७ किलोमिटर तयारी अवस्थामा रहेको छ भने खबरको भिरमा ढलानको काम भइरहेको छ।

यस्तै पाङराङको कर्नास खोलादेखि फलेवास ढिकसम्मको सडकमा १ किलोमिटरबाहेकको काम पनि कालोपत्रेको अन्तिम तयारीमा रहेको आयोजनाले जनाएको छ।

कुर्घाको भिरदेखि फलेवासको ढिकबीचको सडकमा काम गर्न केही समस्या भए पनि जेठभित्रमा कर्नास खोलादेखि कुर्घा भिरसम्मको भागमा समेत कालोपत्र गर्ने तयारी भइरहेको आयोजना प्रमुख पौडेलले जानकारी दिए। करिडोरको मिर्मी, मोदीवेणी र सेतीवेणीमा मोटरेबल पुलको काम सकिएको छ भने फलेबास र कुर्घाबीचको लमाए खोलामा पुल निर्माणको काम भइरहेको छ।   -रासस

प्रकाशित: Jun 02, 2023| 20:19 शुक्रबार, जेठ १९, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तीजको उल्लास

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तीजको उल्लास

आजको दिन हिन्दु महिलाहरूले भगवान शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउने गर्छन्।
जसलाई तीजले छोएन

जसलाई तीजले छोएन

कतै नयाँ भेषभूषा र मीठा परिकारसहित तीजको रौनक छाउँछ भने कतै दुःख, उजाड र पीडाले भरिएका कथाहरु पनि छन्। गरिबीले पिल्सिएकाहरुलाई तीजले छोएको छैन्।