मंगलबार, भदौ १०, २०८२

बागलुङमा अमेरिकन स्वाइन फिवरबाट धमाधम मर्न थाले बंगुर

 |  शुक्रबार, जेठ १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १९, २०८०

vianetvianet

बागलुङ- अमेरिकन स्वाइन फिवरका कारण धमाधम बंगुर मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन्। धमाधम बंगुर मर्न थालेपछि यहाँका किसान लाखौंको नोक्सानी व्यहोर्न बाध्य भएका छन्।

Kumaribank

बागलुङ नगरपालिका-१, २, ३ र ४ मा व्यावसायिक रूपमा पालिएका बंगुरमा अमेरिकन स्वाइन फिवरका कारण हालसम्म ४ सय बंगुर मरेको किसानको भनाइ छ। किसानले व्यावसायिक रूपमा पालेको बंगुर धमाधम मर्न थालेपछि बंगुर खोर नै रित्तो हुन थालेको बंगुरपालक किसान गणेश पुनले बताए।

‘केही दिनदेखि दैनिक खोरमा बंगुर मर्न थालेका हुन्,’ उनले भने, ‘बिहान ठीकठाक भएका बंगुर साँझ मर्ने गरेका छन्, अहिले नगरपालिका, भेटेरिनरी अस्पतालमा हारगुहार गरेका छौं। उनीहरूले परीक्षणका लागि नमूना पोखरा पठाएका छन्।’

बागलुङ बजार क्षेत्रमा ५४ किसानले व्यावसायिक बंगुरपालन गर्दै आएकामा अहिले धमाधम बंगुर मर्न थालेपछि किसानलाई २ करोड बराबरको क्षति पुगेको बंगुरपालक किसान डिलमाया थापाको भनाइ छ।

‘बंगुरपालन गर्न थालेको वर्षौं भयो, अहिलेसम्म यस्तो भएको थाहा थिएन, पहिलो पटक बंगुर मर्न थाले अहिले मेरै खोरमा १५ वटा बंगुर मरिसकेका छन्,’ उनले भनिन्, ‘दैनिक खोर रित्तिँदै गएपछि मजस्ता किसानको उठिबास लागेको छ।’

Metro Mart

यस क्षेत्रका ५४ किसानले पालेका ३ सय ९२ वटा बंगुर मरेपछि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङलाई ध्यानाकर्षण गराएको अगुवाकर्ता एकबहादुर केसीले जानकारी दिए। उनले किसानको समस्याका लागि आफूले विभिन्न सरोकारवाला निकायसँग ध्यानाकर्षण गराइरहेको बताए।

किसानले पालेका बंगुर तथा सुँगुर एक्कासी मर्न थालेपछि रोगको विषयमा पहिचान गर्न नमूना संकलन गरिएको भए पनि अहिले मरिरहेका बंगुरमा अफ्रिकन स्वाइन फिभर नामक भाइरसको लक्षण देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङका प्रमुख डा. ऋषिराम सापकोटाले जानकारी दिए।

‘अफ्रिकन स्वाइन फिभरको लक्षण देखिएको छ। बागलुङको जैमिनी नगरपालिकामा पहिलोपटक किसानले पालेका बंगुरको परीक्षण गर्दा गत पुसमा मात्रै अफ्रिकन स्वाइन फिभर नामक भाइरस देखापरेको थियो,’ उनले भने, ‘मरेका ४० बंगुरबाट नमूना संकलन गरी पोखरा पठाइएको छ, किसानले खोरलाई निर्मलीकरण गर्न आवश्यकता देखियो, हामी रोग नियन्त्रणका लागि लागिपरेका छौं।’बर्ड फ्लुजस्तै प्रकृतिको यो घरपालुवा सुँगुर, बंगुर तथा जंगली बँदेल प्रजातिमा देखा पर्ने भाइरस अफ्रिकन स्वाइन फिभर रहेको पशु प्राविधिक केशव शर्माले जानकारी दिए।

यो संक्रमण भएमा सुँगुर, बंगुर प्रजातिमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिर छाला रातो हुने, शरीरमा बाहिर नीलो धब्बा देखिने, खाना नखानेजस्ता लक्षण देखापर्ने गरेको छ, उच्च मृत्युदर भएको अति खतरनाक महारमारीजन्य सरुवा रोग रहेको शर्माको भनाइ छ।

यो रोगविरुद्ध हालसम्म कुनै खोप उपलब्ध नभएको र रोग देखापरेपछि उपचारसमेत हुन नसक्ने भएकाले उच्च सतर्कता अपाउनुपर्ने पशु स्वास्थ्यकर्मीको भनाइ छ।

कुनै स्थानमा अस्वाभाविक रूपमा बंगुर मरेमा वा लक्षण देखापरेमा तत्काल कार्यालयमा जानकारी गराउन केन्द्रले किसानलाई आग्रह गरेको छ। बागलुङमा दुई सयभन्दा बढी किसानले १२ हजारको संख्यामा बंगुर पाल्दै आएको केन्द्रको तथ्यांकमा उल्लेख छ।

रोगी बंगुर, त्यसका पाठापाठी, मासु वा रोगी पशुको सम्पर्कमा आएका वस्तु एक स्थानबाट अर्को स्थानमा लैजाँदा रोग सजिलै सर्ने र रोग छिटो फैलन सक्ने भएकाले सावधानी अपनाउनुपर्ने छ।

अफ्रिकी महादेशमा मात्र सीमित रहेको यो रोग सन् २०१८ मा चीनमा र त्यसपछि भारत, भूटानमा पनि देखापरेको थियो। २ वटा फार्मबाट सुरु भएको महामारी ५२ फर्ममा फैलिसकेको किसानको भनाइ छ। -रासस

प्रकाशित: Jun 02, 2023| 21:39 शुक्रबार, जेठ १९, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तीजको उल्लास

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तीजको उल्लास

आजको दिन हिन्दु महिलाहरूले भगवान शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउने गर्छन्।
जसलाई तीजले छोएन

जसलाई तीजले छोएन

कतै नयाँ भेषभूषा र मीठा परिकारसहित तीजको रौनक छाउँछ भने कतै दुःख, उजाड र पीडाले भरिएका कथाहरु पनि छन्। गरिबीले पिल्सिएकाहरुलाई तीजले छोएको छैन्।