मंगलबार, भदौ १०, २०८२

दुग्ध उद्योगले किसानलाई सहज, हट्यो दूध बिक्री नहुने समस्या

 |  शुक्रबार, जेठ १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १९, २०८०

vianetvianet

हेटौँडा- मकवानपुरगढी गाउँपालिकामा–३ मक्रान्चुलीमा स्थापना भएको मनकामना दुग्ध उत्पादक सहकारीले दूध खरिद गर्न थालेपछि कृषकलाई बजारीकरणमा सहज भएको छ।

Kumaribank

दुग्ध उद्योगका रूपमा सञ्चालित सहकारीले उत्पादित दूध खरिद गरिदिएपछि कृषक उत्पादन बढाउन लागिपरेका हुन्। उद्योगमा दैनिक चार हजार २०० लिटर दूध संकलन भइरहेको छ। दैनिक १३ किलो छुर्पी, ७० किलो बटर, मागअनुसार घ्यू, १०० लिटर दही र २०० लिटर दूधको पनिर उत्पादन हुने गरेको उद्योगका प्रमुख अनिश पोख्रेलले जानकारी दिए।

बिहानै गाउँ वरिपरिका किसान सहकारीमा दूध बिक्री गर्न आउँछन्। अहिले यो उनीहरूको दैनिकी नै बनेको छ। सहकारी संस्थामा बिहान झिसमिसेदेखि नै कर्मचारी काममा व्यस्त देखिन्छन्। कोही दूध जोखेर खरिद गर्ने स्थानमा हुन्छन् भने कोही दुग्ध प्रशोधन उद्योगमा काम गरिरहेका हुन्छन्।

यहाँबाट प्रशोधन गरिएको दूधजन्य उत्पादनको बिक्रीमा समस्या नरहेको सहकारीका व्यवस्थापक शशी लम्सालले बताइन्। सहकारीलाई नै उद्योगका रूपमा सञ्चालन गर्ने गरी २०७८ माघ २७ गते उद्योग दर्ता गरी २०७९ पुस १३ गतेदेखि सञ्चालनमा ल्याइएको उनको भनाइ छ। एक करोड सहयोग लिएर काम थालिएको र थप डेढ करोड लगानी गरेर दूध प्रशोधनका लागि आवश्यक सामाग्रीको व्यवस्था गरिएको सहकारीका अध्यक्ष अर्जुन दाहालले बताए।

यस सहकारीले शुरूमा दूध चिस्याउने काम गरेर बिक्री गर्दै आएको थियो भने हाल दुग्धजन्य पदार्थ उत्पादन गरेर गाउँबाट नै उत्पादन गरी शहरसम्म बिक्री भइरहेको छ। उद्योगले यहाँका युवालाई रोजगारी दिनुका साथै स्थानीय उत्पादनलाई ठूला शहरमा बिक्री गर्ने वातावरणसमेत बनेको उनको भनाइ छ।

Metro Mart

उद्योगका उत्पादन हेटौँडा, काठमाडौँ, पोखरालगायत शहरमा बिक्री गर्ने गरिएको अध्यक्ष दाहालले जानकारी दिए। दैनिक ४५१ किसानले सहकारीमा दूध बिक्री गर्दै आएका छन्। “सहकारीमा ३४८ जना शेयर सदस्य छन्। यहाँ दूध प्रशोधन तथा दूध खरिद बिक्रीलगायत क्षेत्रमा गरी १३ जनाले रोजगारीसमेत पाएका छन्,” उनले भने।

पहिले दूध बिक्री नहुने समस्याका कारण ‘मिल्क होलिडे’को मार भोगेका किसान उद्योग स्थापनापछि दूध बिक्री नहुने समस्या हटेको बताउँछन्।

प्रकाशित: Jun 02, 2023| 17:09 शुक्रबार, जेठ १९, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तीजको उल्लास

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तीजको उल्लास

आजको दिन हिन्दु महिलाहरूले भगवान शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउने गर्छन्।
जसलाई तीजले छोएन

जसलाई तीजले छोएन

कतै नयाँ भेषभूषा र मीठा परिकारसहित तीजको रौनक छाउँछ भने कतै दुःख, उजाड र पीडाले भरिएका कथाहरु पनि छन्। गरिबीले पिल्सिएकाहरुलाई तीजले छोएको छैन्।