आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • स्कार्पियो दुर्घटना अपडेटः सुनकोसी नदीमा बेपत्ता तीन जनाको पहिचान खुल्यो

स्कार्पियो दुर्घटना अपडेटः सुनकोसी नदीमा बेपत्ता तीन जनाको पहिचान खुल्यो

स्कार्पियो दुर्घटनमा परेर बेपत्ता हुनेमा सिटिइभिटीका कार्यालय प्रशासन निर्देशक सहसचिव कृष्णबहादुर केसी, योजना महाशाखा निर्देशक यमप्रसाद घुर्तेल र विद्युत् प्रशिक्षकका कार्यरत भानु पौडेल रहेका छन्। 
 |  शुक्रबार, जेठ १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १९, २०८०

काठमाडौं– सुनकोसी नदीमा आज बिहान ११ बजे स्कार्पियो खस्दा बेपत्ता भएका तीन जनाको पहिचान खुलेको छ। भक्तपुर सानोठिमीस्थित प्राविधिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी)बाट खोटाङ जाने क्रममा बीएबी७४६७ नम्बरको स्कार्पियो सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुन नभघाटबाट सुनकोसी नदीमा खसेको थियो।

National life

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार स्कोर्पियोमा चार जना सवार रहेकामा चालक दाङ राप्ती गाउँपालिका–६ का ३१ वर्षीय कृष्ण चौधरी पौडी खेली बाहिर निस्कन सफल भएका थिए भने बाँकी तीन जना अझै बेपत्ता छन्।

बेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका–९ घर भई सिटिइभिटीको सानोठिमीस्थित कार्यालयका प्रशासन शाखाका निर्देशक सहसचिव कृष्णबहादुर केसी, पूर्वी नवलपरासी प्रगति नगरपालिका–७ घर भई हाल योजना महाशाखाका निर्देशक यमप्रसाद घुर्तेल र इलाम फुयतया नगरपालिका–५ घर भई हाल विद्युत् प्रशिक्षकका रुपमा कार्यरत भानु पौडेल रहेका छन्। 

सडकबाट गाडी करिब १५० मिटर तल रहेको सुनकोसी नदीमा खसेको थियो। घाइते चालक चौधरीको मुख र हातमा चोट लागेको र उनको हाल शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको प्रहरीले बताएको छ।

स्कार्पियो अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाइ छ। बेपत्ताको खोजी भइरहेको नायब उपरीक्षक दाहालले जानकारी दिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 02, 2023| 16:19 शुक्रबार, जेठ १९, २०८०
प्रतिक्रिया दिनुहोस्