आइतबार, साउन ३१, २०८३

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट दर्ता

 |  शुक्रबार, जेठ १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १९, २०८०

काठमाडौं- नागरिकता विधेयक प्रमााणीकरणविरुद्ध परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। बिहीबार वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले पेश गरेको रिट आज दर्ता भएको हो।

अधिवक्ताद्वय भण्डारी र न्यौपानेले सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गरेका हुन्। रिटमाथि आइतबार प्रारम्भिक सुनुवाइ हुने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेपछि अदालतमा रिट परेको हो। यसअघि संघीय संसद्को दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पठाइएको विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दुई पटक फिर्ता गरिदिएकी थिइन्।

त्यसपछि विधेयक राष्ट्रपति कार्यालयमा थन्किएको थियो। अघिल्लो संघीय संसद्मा फिर्ता भएको विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेपछि विरोध भइरहेको छ।

प्रकाशित: Jun 02, 2023| 13:57 शुक्रबार, जेठ १९, २०८०
प्रतिक्रिया दिनुहोस्