मंगलबार, भदौ १०, २०८२

विपद् उद्धारका लागि सशस्त्र प्रहरीका गोताखोर तयार

नेपाल प्रहरीका १ र सशस्त्र प्रहरीका १९ गरी २० जनालाई त्रिशूली, फेवाताल र कोसी नदीमा पौडी सिकाएर तयार पारिएको गोताखोर।
 |  शुक्रबार, जेठ १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १९, २०८०

vianetvianet

काठमाडौं– सरकारको उद्देश्यअनुरुप सशस्त्र प्रहरी र नेपाल प्रहरीले गोताखोर तयार पारेका छन्। यसपटक १९ सशस्त्र प्रहरी कर्मचारी र एक नेपाल प्रहरी गरी २० गोताखोर तयार गरिएको हो।

Kumaribank

सशस्त्र प्रहरी बलका प्रवक्ता राजेन्द्र खड्काका अनुसार पाँच साताको उक्त तालिम त्रिशूली नदी, कास्कीको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोसी नदीमा दिइएको थियो। यस वर्ष गण्डकी प्रदेश सरकारको सहयोगमा गत १० वैशाखदेखि सशस्त्र प्रहरीले २०  प्रहरी कर्मचारीलाई पाँच हप्ते गोताखोर तालिम दिएको हो।

योसँगै सशस्त्र प्रहरी बल नेपालमा हाल ७४ गोताखोर तालिमप्राप्त जनशक्ति तयार भएको खड्काले बताए। सशस्त्र प्रहरी बलले गोताखोर परिचालन गरी हालसम्म २७३ घटनामा  ८०२ जनाको जीवितै उद्धार तथा ३१७ शव निकालेको उनले जानकारी दिए।

यसअघि सशस्त्र प्रहरी बलले २५ सशस्त्र प्रहरी कर्मचारीलाई युएनडिपीको सहयोगमा बंगलादेशमा २०६९ वैशाखमा तीन महिने गोताखोर तालिम दिलाएको थियो। 

गोताखोर तालिमप्राप्त जनशक्तिलाई थप विस्तार गर्दै लैजाने उद्देश्यअनुरुप सशस्त्र प्रहरी बल नेपाल नम्बर १ वराह वाहिनी मुख्यालयमा सुनसरीमा ९ असोज २०७६ देखि २५ कात्तिकसम्म १९ सशस्त्र प्रहरी कर्मचारीलाई नेपालमै पहिलोपटक गोताखोर तालिम प्रदान गरिएको थियो।

Metro Mart

सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालयमा २५ देखि २९ जेठ २०७९ सम्म उनीहरूलाई गोताखोर तालिम दिइएको थियो।

प्रकाशित: Jun 02, 2023| 12:34 शुक्रबार, जेठ १९, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तीजको उल्लास

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तीजको उल्लास

आजको दिन हिन्दु महिलाहरूले भगवान शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउने गर्छन्।
जसलाई तीजले छोएन

जसलाई तीजले छोएन

कतै नयाँ भेषभूषा र मीठा परिकारसहित तीजको रौनक छाउँछ भने कतै दुःख, उजाड र पीडाले भरिएका कथाहरु पनि छन्। गरिबीले पिल्सिएकाहरुलाई तीजले छोएको छैन्।