मंगलबार, भदौ १०, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • प्रधानमन्त्री प्रचण्डले १०८ किलो रुद्राक्षसहित महाकालेश्‍वरमा पूजा गर्ने 

प्रधानमन्त्री प्रचण्डले १०८ किलो रुद्राक्षसहित महाकालेश्‍वरमा पूजा गर्ने 

 |  बिहीबार, जेठ १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

vianetvianet

काठमाडौं- चार दिने भारत भ्रमणका रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यप्रदेशमा रहेको महाकालेश्‍वर मन्दिरमा १०८ केजी रुद्राक्षसहित पूजाअर्जना गर्ने भएका छन्। 

Kumaribank

बुधबार भारत प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्डले बिहीबार समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरी विभिन्‍न सम्झौता गरेका छन् भने केही परियोजनाको शिलान्यास र उद्घाटन गरेका छन्। 

आफ्नो भ्रमणको तेस्रो दिन शुक्रबार प्रधानमन्त्री प्रचण्डले मध्य प्रदेशको उज्जैनमा रहेको महाकालेश्‍वर मन्दिरमा विशेष पूजा गर्ने भएका हुन्। भगवान शिवको बाह्र ज्योतिर्लिङ्ग वा पवित्र वासस्थानहरू मध्ये एकको रूपमा रहेको मन्दिरमा प्रचण्डले १०८ केजी रुद्राक्ष चढाएर विशेष पूजा गर्न लागेका हुन्। 

भगवान नमान्‍ने र मन्दिर भत्काउने पृष्ठभूमिबाट आएका प्रचण्ड पछिल्लो समय आध्यात्मिक बन्‍न थालेका हुन्। सोही अनुसार नेपाल र भारतबीचको गहिरो सांस्कृतिक र धार्मिक सम्बन्ध रहेको विषयलाई जोड दिँदै प्रचण्डले उज्जैन यात्रा तय गरेको बताइएको छ। 

यो यात्राले राजनीतिक क्षेत्रमा मात्र नभई धार्मिक र सांस्कृतिक सम्बन्धलाई पनि बलियो बनाउने उद्देश्य रहेको परराष्ट्र मन्त्रालयले जनाएको थियो। यसअघि बिहीबार भएको संयुक्त पत्रकार सम्मेलनका क्रममा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रामायण सर्किटका पूर्वाधार विकासका काम तत्काल अघि बढाउने बताएका थिए।

Metro Mart

प्रकाशित: Jun 01, 2023| 22:25 बिहीबार, जेठ १८, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तीजको उल्लास

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तीजको उल्लास

आजको दिन हिन्दु महिलाहरूले भगवान शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउने गर्छन्।
जसलाई तीजले छोएन

जसलाई तीजले छोएन

कतै नयाँ भेषभूषा र मीठा परिकारसहित तीजको रौनक छाउँछ भने कतै दुःख, उजाड र पीडाले भरिएका कथाहरु पनि छन्। गरिबीले पिल्सिएकाहरुलाई तीजले छोएको छैन्।