बुधबार, भदौ ३, २०८३

ट्याक्टरको ठक्करबाट एक जनाको ज्यान गयो

 |  शुक्रबार, जेठ ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ५, २०८०

सङ्खुवासभा- सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ ढोलबाजेमा ट्याक्टरको ठक्करबाट आज एकजनाको मृत्यु भएको छ।

ट्याक्टरको ठक्करबाट ढोलबाजेका ६३ वर्षीय यज्ञबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भुवनबाबु खड्काले जानकारी दिए। 

आज बिहान को २ त३२१६ नंको ट्याक्टरको ठक्करबाट घाइते भएका तामाङको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक खड्काले बताए।

ट्याक्टर चालक मकालु गाउँपालिका–१ का २४ वर्षीया तीर्थसिंह तामाङ फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ट्याक्टर चालक तामाङको खोजी भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित: May 19, 2023| 14:55 शुक्रबार, जेठ ५, २०८०
प्रतिक्रिया दिनुहोस्