बुधबार, भदौ ३, २०८३

२९ गतेदेखि नेपाल एयरलाइन्सको भैरहवा-क्‍वालालम्पुर उडान

 |  बिहीबार, जेठ ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ४, २०८०

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ। जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट क्‍वालालम्पुर नियमित उडान गर्ने भएको हो।

यसका लागि एयरलाइन्सले टिकट बुकिङ खुला गरेकाे छ। एयरलाइन्सले काठमाडौँ-क्‍वालालम्पुर-भैरहवा-काठमाडौँ सेक्टरमा उडान गर्नेछ। नेपाल एयरलाइन्सले पहिलो चरणमा साताको एक उडान गर्ने जनाएको छ।

भैरहवाबाट यसअघि जजिरा एयरलाइन्सले केही समय नियमित उडान गरेको थियो। तर यात्रु अभाव भएपछि छोटो समयमै बन्द गर्‍यो। गत वर्ष जेठदेखि सञ्चालनमा आएको विमानस्थलमा अहिले आन्तरिक मात्रै उडान हुन्छ।

प्रकाशित: May 18, 2023| 18:02 बिहीबार, जेठ ४, २०८०
प्रतिक्रिया दिनुहोस्