सोमबार, भदौ १६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सवारी दुर्घटना न्यूनीकरणलाई प्राथमिकता दिन काठमाडौं महानगरसँग रेडक्रसको आग्रह

सवारी दुर्घटना न्यूनीकरणलाई प्राथमिकता दिन काठमाडौं महानगरसँग रेडक्रसको आग्रह

 |  बुधबार, जेठ ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३, २०८०

vianetvianet

काठमाडौं- नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाले आगामी बजेट तर्जुमा गर्दा सडक दुर्घटनाबाट हुने जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन काठमाडौँ महानगरपालिकासँग आग्रह गरेको छ।

Kumaribank

काठमाडौँ जिल्ला शाखाअन्तर्गत रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को सहयोगमा सञ्चालन भइरहेको नयाँ पुस्ताका लागि सडक सुरक्षासम्बन्धी शैक्षिक कार्यक्रमको आज भएको समीक्षा बैठकले सडक सुरक्षाका निम्ति महानगरले आगामी बजेट तर्जुमा गर्दा त्यससम्बन्धी व्यवस्था गर्न पहल गर्ने निर्णय गरेको हो। 

काठमाडौँ महानगरले आफ्नो क्षेत्रभित्रका विद्यालयमा प्रत्येक शुक्रबारलाई बुक फ्रि फ्राइडेको अवधारणामा अगाडि बढाइरहेको र अतिरिक्त क्रियाकलापमा जोड दिइरहेको अवस्थामा विद्यार्थीलाई सडक सुरक्षासम्बन्धी ज्ञान दिन सकिएको अवस्थामा धेरै सहयोग पुग्ने बैठकको ठहर छ।

अन्य सरोकारवाला सडक सुरक्षासम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न इच्छुक रहेकाले रेडक्रसबाट सञ्चालित कार्यक्रमले सकारात्मक प्रभाव छोड्न सफल रहेको बैठकको ठहर रहेको छ।

सन् २०२२ को मे महिनादेखि सुरु भएको नयाँ पुस्ताका लागि सडक सुरक्षासम्बन्धी शैक्षिक कार्यक्रमको वार्षिक प्रगति विवरण पेस गर्दै कार्यक्रम सञ्चालित २१ वटा विद्यालयका शिक्षक तथा विद्यार्थी, पत्रकार र जिल्लास्तरका अन्य सरोकारवाला निकायको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

Metro Mart

सो कार्यक्रमको स्पष्ट लक्ष्य र उद्देश्य भनेको किशोरकिशोरीलाई सडकमा हुने जोखिमपूर्ण व्यवहारका बारेमा सिकाउनु र दुर्घटनाबाट कसरी जोगिने भन्ने कुरा सिकाउनु तथा दुर्घटना भइहालेको अवस्थामा त्यसको प्रतिकार्य गर्ने सीपको विकास गर्नु हो।
 

प्रकाशित: May 17, 2023| 21:16 बुधबार, जेठ ३, २०८०
प्रतिक्रिया दिनुहोस्