बुधबार, भदौ ३, २०८३

गैंडाको खागसहित ललितपुरबाट तीन जना पक्राउ

 |  बुधबार, जेठ ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३, २०८०

ललितपुर- ललितपुर महानगरपालिका-४ स्टिलटावर चोक नजिकबाट २९७ मिलिग्राम तौल भएको गैंडाको खाग (ओखेटोपहार)सहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका-५ भवानीपुर घर भई ललितपुर एकान्तकुना बस्ने २८ वर्षीय रोशन घिमिरे, २४ वर्षीय युवराज घिमिरे र धादिङ बेनिघाट रोराङ गाउँपालिका-२ घर भई काठमाडौं नयाँबजार बस्ने २८ वर्षीय वीरेन्द्र तामाङ रहेका छन्।

उक्त चोक नजिक गैंडाको खाग खरिद बिक्री गर्दै गरेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरूलाई उक्त खागसहित फेला पारी पक्राउ गरेको हो। उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुरमा पठाइएको छ। 

प्रकाशित: May 17, 2023| 19:09 बुधबार, जेठ ३, २०८०
प्रतिक्रिया दिनुहोस्