बुधबार, भदौ १८, २०८२

मंगलबारदेखि हराएका व्यक्ति मृत भेटिए

 |  बुधबार, जेठ ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३, २०८०

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं- बाग्लुङको ढोरपाटन नगरपालिका-२ बुर्तिबाङ तारीखेतमा एक व्यक्तिको शव फेला परेको छ। ढोरपाटन-६ मोराङका अन्दाजी ५५ वर्षीय चेबो अदै तारी खेतस्थित बारीमा मृतावस्थामा फेला परेका हुन। तारीखेत छोरीको घरमा बस्दै आएका अदै मंगलबार साँझ करिब ७ बजेदेखि सम्पर्कविहीन भएका थिए।

साँझ नै परिवारले खोजी गरेपनि नभेटिएको तर बिहान करिब ६ बजेको समयमा घर नजिकैको बारीमा फेला पारेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजेश अधिकारीले जानकारी दिए।

अदैको मृत्यु कसरी भयो भन्ने बारेमा अहिलेसम्म यकिन नभएको र अनुसन्धान गरिरहेको अधिकारीले बताए। शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ।

प्रकाशित: May 17, 2023| 19:18 बुधबार, जेठ ३, २०८०
प्रतिक्रिया दिनुहोस्