बुधबार, भदौ १८, २०८२

८२ किलो गाँजासहित महोत्तरीबाट दुईजना पक्राउ

 |  बुधबार, जेठ ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३, २०८०

vianetvianet

जलेश्वर- महोत्तरी प्रहरीले आज गौशाला नगरपालिकाको जंगल क्षेत्रबाट ट्याक्टरमा बोकेर ल्याउँदै गरेको ८२ किलोग्राम लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

Kumaribank

पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बस्ने २६ वर्षीय ट्याक्टर चालक गणेश सार्की र सोही ठाउँका ट्याक्टरमा सवार २७ वर्षीय पाण्डव थापा रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए। 

ना७त २०० नंको ट्याक्टरमा ८२ किलोग्राम लागुऔषध गाँजा बोकेर गौशाला नगरपालिका–१२ जंगलमा रेल्वे पुल नजिकै रहेको बाँके खोलाको बाटो हुँदै कान्तिबजार आउँदै गरेको अवस्थामा गस्तीमा गएको प्रहरी टोलीलाई शंका लागि ट्याक्टरको चेकजाँच गर्दा सो परिमाणको गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो।

लागूऔषधसहित पक्राउ परेका चालक, सहायक चालक र ट्याक्टरलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय गौशालामा ल्याएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: May 17, 2023| 19:29 बुधबार, जेठ ३, २०८०
प्रतिक्रिया दिनुहोस्