बुधबार, भदौ ३, २०८३

बूढानीलकण्ठमा वृत्ति विकास तथा रोजगार मेला हुने

 |  बुधबार, जेठ ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३, २०८०

काठमाडौं- बूढानीलकण्ठ नगरपालिकाले वृत्ति विकास तथा रोजगार मेला गर्ने भएको छ। ज्ञान र सीप भएर पनि काम नगरी बसेका नगरवासीलाई मध्यनजर गर्दै नगरपालिकाले वृत्ति विकास तथा रोजगार मेला आयोजना गर्न लागेको हो।

आफ्नो सीप र दक्षताअनुसारको रोजगारी प्रदान गर्न, रोजगारीका लागि आवश्यक सीप सिक्न तथा आफ्ना लागि आफैले रोजगारी सिर्जना गरी व्यवसाय सुरु गर्न नगरपालिकाले वृत्ति तथा रोजगार मेला आयोजना गर्ने तयारी गरेको नगर प्रवक्ता नवराज भट्टराईले जानकारी दिए।

नगर प्रमुख मिठाराम अधिकारीले पढ्दै गरेका विद्यार्थी तथा युवा लक्षित गरी उनीहरुलाई समयमै रोजगारी प्रदान गर्ने उद्देश्यले नगरपालिकाले रोजगार मेला गर्न लागेको बताए। उनले भने, ‘किशोरावस्थाका युवा घरपरिवार छाडेर विभिन्न मुलुक जाने गरेका छन्, न उनीहरु खुसी छन्, नत परिवार नै खुसी छ, त्यसकारण स्वदेशमै रोजगारी दिन र आत्मनिर्भर बन्नलाई नगरपालिकाले यस्तो योजना अघि सारेको हो।’

आफ्नो मार्ग पहिचान गर्न, दिगो तथा सम्मानित रोजगारीका लागि सीप सिक्न, सीप सिकिसकेकाले रोजगारी प्राप्त गर्न, व्यवसायीले आफ्नो व्यसायअनुसारको जनशक्ति खोजी गर्न मेला आवश्यक रहेको नगर प्रमुख अधिकारीले बताउनुभयो। मेला यही जेठ ६ र ७ गते नगरपालिका परिसरमा बिहान ७ देखि बेलुका ५ बजेसम्म हुने नगरपालिकाले जनाएको छ। 

प्रकाशित: May 17, 2023| 22:17 बुधबार, जेठ ३, २०८०
प्रतिक्रिया दिनुहोस्