बुधबार, भदौ ३, २०८३

शरणार्थी प्रकरणमा पक्राउ परेका सबै थप तीन दिन हिरासतमा रहने

 |  बुधबार, जेठ ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३, २०८०

काठमाडौं- नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका १४ जनालाई थप ३ दिन हिरातसमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। बुधबार अदालतले सो प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित सबैविरुद्ध अनुसन्धानका लागि म्याद थप भएको प्रहरीले जनाएको छ।
भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुधबार साँझसम्म बुझाउन जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीलाई निर्देशन दिएको थियो। तर, अनुसन्धान बाँकी रहेको भन्दै प्रहरीले बुधबार थप तीन दिनको समय मागेको हो।

प्रकाशित: May 17, 2023| 17:30 बुधबार, जेठ ३, २०८०
प्रतिक्रिया दिनुहोस्