बुधबार, भदौ १८, २०८२

तारकेश्वर सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु, १० घाइते

तारकेश्वर नगरपालिका–६ जरंखुमा बससँग मोटरसाइकल ठोक्किएपछि चालकको मृत्यु भएको हो।
 |  बुधबार, जेठ ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३, २०८०

vianetvianet

काठमाडौं– तारकेश्वर नगरपापलिकामा भएको सवारी दुर्घटनामा परेर मोटरसाइकल चालक एक जनाको मृत्यु र १० जना घाइते भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। बुधबार दिउँसो तारकेश्वर नगरपालिका–६ जरंखुमा बससँग मोटरसाइकल ठोक्किएपछि चालकको मृत्यु भएको हो।

Kumaribank

बा३ख६३६७ नम्बरको बसले बा४९प६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टले बताए।

बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक जोगेन्द्रप्रसाद गुप्ताको ग्रिन सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ। 

बस मोटरसाइकललाई ठक्कर दिँदा असन्तुलित भएर शेषमति खोलामा खसेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने उनको अनुमान छ। प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको उनले जानकारी दिए।

प्रकाशित: May 17, 2023| 15:54 बुधबार, जेठ ३, २०८०
प्रतिक्रिया दिनुहोस्