बुधबार, भदौ ३, २०८३

६ जिल्लामा फेरिए सिडिओ

 |  बुधबार, जेठ ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३, २०८०

काठमाडौं- गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ। सहसचिवको दरबन्दी रहने जिल्लाका सिडिओ हेरफेर भएका हुन्।

सरुवा भएका सिडिओहरूमा धादिङमा बद्रीनाथ गैरे, ललितपुरमा रुद्रप्रसाद पण्डित, कास्कीमा वासुदेव घिमिरे, अछाममा शिवराज न्यौपाने, अर्घाखाँचीमा कमलराज ढकाल र गुल्मीमा टेकबहादुर केसी रहेका छन्।

सरुवा भएकामध्ये केसी यसअघि कास्की जिल्लाको प्रमुख जिल्ला अधिकारी थिए। 

प्रकाशित: May 17, 2023| 15:11 बुधबार, जेठ ३, २०८०
प्रतिक्रिया दिनुहोस्