बुधबार, भदौ ३, २०८३

मृतावस्थामा फेला परे एक सातादेखि हराएका व्यक्ति

ढोरपाटन–६ मोराङका अन्दाजी ५५ वर्षीय चेबो अदै तारीखेतस्थित बारीमा मृतावस्थामा फेला परेका हुन्।
 |  बुधबार, जेठ ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३, २०८०

काठमाडौं– बागलुङको ढोरपाटन नगरपालिका–२ बुर्तिबाङ तारीखेतमा एक व्यक्तिको शव भेटिएको छ। ढोरपाटन–६ मोराङका अन्दाजी ५५ वर्षीय चेबो अदै तारीखेतस्थित बारीमा मृतावस्थामा फेला परेका हुन्।

तारीखेत छोरीको घरमा बस्दै आएका अदै मंगलबार साँझ करिब ७ बजेदेखि सम्पर्कविहीन भएका थियो। साँझ नै परिवारले खोजी गरे पनि नभेटिएको तर बिहान करिब ६ बजेको समय घर नजिकैको बारीमा फेला पारेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजेश अधिकारीले जानकारी दिए।

अदैको मृत्यु कसरी भयो भन्नेबारे अहिलेसम्म यकिन नभएको र अनुसन्धान गरिरहेको अधिकारीको भनाइ छ। शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ।

प्रकाशित: May 17, 2023| 14:25 बुधबार, जेठ ३, २०८०
प्रतिक्रिया दिनुहोस्