आइतबार, भदौ २२, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • रेशम रिहाइको मागसहित नागरिक उन्मुक्तिद्वारा ५ दिन नेपाल बन्द घोषणा

रेशम रिहाइको मागसहित नागरिक उन्मुक्तिद्वारा ५ दिन नेपाल बन्द घोषणा

 |  बुधबार, जेठ ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३, २०८०

vianetvianet

काठमाडौं- आफ्नो पार्टीका संरक्षक रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्म कैदको फैसला सदर गरेपछि आक्रोशित बनेको नागरिक उन्मुक्ति पार्टीले त्यसको विरोधमा नेपाल बन्द घोषणा गरेको छ।

Kumaribank

टीकापुरको घटना राजनीतिक भएको बताउँदै आएको पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि मागग गरेको छ।

आज बुधबार पत्रकार सम्मेलन गर्दै पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले टीकापुर घटना राजनीतिक भएकाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न र रेशम चौधरीलगायतलाई रिहा गर्नु माग गरे।

यही माग राखेर पार्टीले यही जेठ ६ देखि १० गतेसम्म नेपाल बन्द गर्ने निर्णय गरेको पनि उनले सुनाए। त्यसअघि जेठ ३, ४, ५ गते कोणसभा र विरोध प्रदर्शन गरिने उनले बताए। 
 

प्रकाशित: May 17, 2023| 13:43 बुधबार, जेठ ३, २०८०
प्रतिक्रिया दिनुहोस्