बुधबार, भदौ ३, २०८३

गैंडाको खागसहित तीन जना पक्राउ

ललितपुरको स्टिलटावर चोक नजिक खाग बेचिरहेको सूचनाका आधारमा प्रहरी तीन जनालाई पक्रिन सफल भएको हो।
 |  बुधबार, जेठ ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३, २०८०

काठमाडौं– प्रहरीले ललितपुर महानगर–४ स्टिलटावर चोक नजिकबाट २९७ मिलिग्राम तौल भएको गैंडाको खाग(ओखेटोपहार)सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका– ५ भवानीपुर घर भई ललितपुर एकान्तकुना बस्ने २८ वर्षीय रोशन घिमिरे, २४ वर्षीय युवराज घिमिरे र धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ घर भई काठमाडौं नयाँबजार बस्ने २८ वर्षीय वीरेन्द्र तामाङ रहेका छन्। 

चोक नजिक गैंडाको खाग खरिदबिक्री गर्दै गरेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई  खागसहित पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय गोदावरी ललिपुर पठाइएको प्रहरीले बताएको छ।

प्रकाशित: May 17, 2023| 13:33 बुधबार, जेठ ३, २०८०
प्रतिक्रिया दिनुहोस्