आइतबार, भदौ २२, २०८२

सवारी दुर्घटनामा तीनको मृत्यु, चारजना मृत फेला

 |  बुधबार, जेठ ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३, २०८०

vianetvianet

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने फरक फरक स्थानमा चारजना मृत फेला परेका छन्। 

Kumaribank

प्रहरीका अनुसार सिरहा, धनगढीमाई नगरपालिका-१० जिरोमाईस्थित सडकमा स.१ त ७८७० नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने राजेश साहको छोरा २ वर्षीय रीति साहको मंगलबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको आर.के मेडिसिटि मुसहर्निया धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।

सुनसरी, हरिनगरा गाउँपालिका-४ नुनिया टोलस्थित सडकमा को. १० प ९५६३ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकलमा सवार ईनरुवा नगरपालिका-९ बबिया बस्ने ३८ वर्षीया गिता देवी मेहताको मंगलबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।

रोल्पा, त्रिवेणी गाउँपालिका-२ बखुरस्थित सडकमा रा. १ त २४१० नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ४२ वर्षीय भोम बहादुर घर्ती मगरको मंगलबार राति मृत्यु भएको छ। ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र नुवागाउँमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Metro Mart

मृत फेला
काठमाडौं महानगरपालिका-१५ स्वयम्भू जनगल्ली बस्ने ३५ वर्षीय होम बहादुर परियार आफ्नै घरको कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन्।

धनुषा, मिथला नगरपालिका-११ स्थित सुनाखरी सामुदायिक वनमा महोत्तरी बर्दिवास नगरपालिका-३ पछाहिधाप बस्ने २८ वर्षीय अजय माझी मंगलबार मृत अवस्थामा फेला परेका छन्।

बाँके, कोहलपुर नगरपालिका-११ कृषिचोकस्थित अनमोल गेष्ट हाउसमा सोही नगरपालिका-१२ बस्ने ३१ वर्षीय हरि शर्मा पौडेल मंगलबार मृत अवस्थामा फेला परेका छन्।

गोरखा, गोरखा नगरपालिका-११ नाकापानी बस्ने ५७ वर्षीय एकराज परियार आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

करेन्ट लागेर मृत्यु
धादिङ, गल्छी गाउँपालिका-१ महेशटारमा काम गरी बस्ने चितवन इच्छाकामना गाउँपालिका-१ हातिबाङ घर भएका २२ वर्षीय नवले बहादुर चेपाङको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको छ।

बिद्युतको पोलमा सर्ट भएको करेन्ट लागेर गम्भीर असक्त भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारको क्रममा मृत्यु भएको हो।

पोखरीमा डुबेर मृत्यु
रूपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका-७ कर्महवास्थित पोखरीमा डुबेर गैडहवा गाउँपालिका-२ धुपही बस्ने १७ वर्षीया रसिला खातुनको मंगलबार राति मृत्यु भएको छ। डुबेर अशक्त भएकी उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो।

प्रकाशित: May 17, 2023| 13:15 बुधबार, जेठ ३, २०८०
प्रतिक्रिया दिनुहोस्