आइतबार, भदौ २२, २०८२

रेशम चौधरीलाई क्रान्तिकारी भन्दा बाबुराममाथि गालीको वर्षा

 |  बुधबार, जेठ ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३, २०८०

vianetvianet

काठमाडौं- सामाजिक सञ्जालमा चर्को गाली खानेमा पर्छन् पूर्वमाओवादी नेता बाबुराम भट्टराई। फेसबुक-ट्विटरमा जे लेखे पनि उनीमाथि गालीको वर्षा हुन्छ।

Kumaribank

बुधबार पनि यस्तै भयो। ट्विटरमा १४ लाख फलोअर भएका बाबुरामले रेशम चौधरीलाई क्रान्तिकारीको विशेषण गर्दै ट्विट गरे। रेशम तिनै हुन्, जो हत्या अभियोग प्रमाणित भएर जन्म कैदको सजाय काटिरहेका छन्। मंगलबारमात्र सर्वोच्च अदालतले रेशमलाई जन्म कैदको फैसला गर्ने जिल्ला र उच्च अदालतको निर्णयलाई सदर गरिदिएको छ। 

मंगलबार न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले टीकापुर घटनाका प्रतिवादी चौधरीलाई जन्मकैद गर्ने उच्च अदालत दिपायलको फैसला सदर गरेको हो। सर्वोच्च अदालतको फैसलासँगै तत्कालीन कानुनको आधारमा प्रतिवादी चौधरीलाई २० वर्ष कैद सजाय हुनेछ। २०७४ फागुन १४ गतेबाट जेलमा बसेका उनी सामान्य अवस्थामा जेलमुक्त हुन अझै १४ वर्ष जेल सजाय काट्नुपर्ने हुन्छ। 

यही सन्दर्भमा बाबुरामले ट्विट गरेका हुन्। दुई घण्टाभित्रै उनको ट्विटमा करिब ३ सय रिप्लाइ आएका छन्। यीमध्ये एकाधबाहेक नकारात्मक छन्। कतिपय फेक र धेरैजसो वास्तविक प्रयोगकर्ता बाबुराममाथि खनिएका छन्।

केही प्रतिनिधि रिप्लाइ यस्ता छन्

Metro Mart

विजय राज मिश्र
तपाईं जस्तो विद्वान अर्को कोही छैन । हिंसाको वकालत गर्ने, राज्य विरूद्व मात्र बोल्ने र कुन तरिकाले हुन्छ आफ्नो परिवारलाई चुनावमा उम्मेदवार बनाएर कसरी जिताउने बाहेक अरू नसोच्ने । कहिलेसम्म हो यस्तो गणतन्त्रको जग टिक्ने ?

रोशन शिबाकोटी 
पढेलेखेको मान्छेको सोच, बिचार कस्तो निकृस्ट! प्रजातन्त्रमा बिधीको शासन हुन्छ, बाबुरामको कमनिस्ट सर्बसत्ताबादमा ब्यक्तिको शासन हुन्छ। कानुनले बरु सय अपराधी छुटुन् तर एकजना पनि निरपराध जेल जानु हुँदैन भन्ने मान्यता राख्छ। टिकापुरका मुख्य योजनाकार, मतियारहरुको टाउको दुख्नु अस्वाभाविक होइन!

ओजस्वी गौतम
सभ्य समाजको दृष्टिमा तपाईंको यो गलत सोच हो । कानुनले कुनै पनि अपराधलाई समय सापेक्ष आधारमा वुझ्दछ । जो सर्वकालिक अपराध हो त्यसलाई अपराध नभनी क्रान्ति मान्ने तपाईं जस्ताको भनाइले समाज भाँड्ने हो अनुशासित बनाउने होइन ।

सीताराम भट्ट
राज्य संयन्त्र निकम्मा नभएको भए तपाईंजस्तो देशद्रोही वर्षौंदेखि जेलमा हुनुपर्थ्यो, बाबुरामजी ! यो देशमा तपाईंजस्तो दुईमुखे, स्वार्थी र विदेशीका वफादार गोठालाहरू नेता हुनु दुर्भाग्य हो !

नारायण अधिकारी
जसको पृष्ठभुमि जस्तो छ, उसलाई त्यही कुरा मन पर्छ !

सुमन आचार्य
अदालत र न्यायाधीसले स्वबिवेकले फैसला गरेको हो कि बिद्यमान कानून (तपाईहरुले नै बनाएको) भित्र रहेर गरेको हो डा. साब ?

अरुण थापा
मानिसको हत्या गर्न नेता र तिनका कार्यकर्ता सबै क्रान्तिकारी हुन् र तिनलाई आममानिसको भाषामा हत्यारा भन्छन् त्यसैले ढिलो चाँडो अपराधीले सजाय पाउँछ पाउँछ।

तेज कार्की
क्रान्तिको खोल ओढ्दैमा जघन्य मानव हिंसा क्षम्य हुँदैन। क्रान्ति मानव विनासको लागि होइन, मानव निर्माणको लागी हो। विनास गर्ने दानव हो।

यस्तो लेखेका थिए बाबुरामले
अदालत/न्यायाधीशले पुराना/विद्यमान कानुन, नजिर, सोच राखेर ‘अपराध’ को परिभाषा गर्छन् र ‘अपराधी’लाई दण्ड सुनाउँछन् ! क्रान्तिकारीले पुरानो/विद्यमानसँग विद्रोह गरेर नयाँ र भविष्यमुखी सोच र मान्यता र विधि स्थापित गर्न खोज्छन् र पुरानाको नजरको ‘अपराध’ गरिरहन्छन् ! इतिहासमा यो अन्तर्विरोध निरन्तर चलिरहेको छ र चलिरहनेछ ! रेशम चौधरी क्रान्तिकारी हुन् ! सलाम !!

प्रकाशित: May 17, 2023| 10:58 बुधबार, जेठ ३, २०८०
प्रतिक्रिया दिनुहोस्