काठमाडौं- सरकारले लामो दुरीको सार्वजनिक यातायातको भाडा घटाएको छ।
डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो।
घटेको भाडा आजदेखि नै लागू भएको विभागले जनाएको छ। यात्रुबाहक सवारीसाधनमा ३.२० प्रतिशतले, पहाडी बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ।
अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुने व्यवस्था छ।
समायोजनपछिको यस्तो छ अन्तर प्रदेश गाडी भाडा