बुधबार, भदौ ३, २०८३

देशलाई थप बिग्रन नदिऔं: ओली

 |  बुधबार, जेठ ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई थप बिग्रन नदिन सचेत भएर अघि बढ्न आग्रह गरेका छन्। 

जननेता मदन भण्डारी र जीवराज आश्रितको ३० औं स्मृति दिवसका अवसरमा आज सन्देश जारी गर्दै अध्यक्ष ओलीले जननेता भण्डारीका विचारको सान्दर्भिकतालाई बुझ्न र समाजमा आदर्शको महत्व हुन्छ भन्ने कुरालाई मनन् गर्न पनि आग्रह गरेका छन्। 

२०५० जेठ ३ गते चितवनको दासढुंगामा जिप दुर्घटना परी दुवै नेताको निधन भएको थियो। दुर्घटनाको सत्यतथ्य अझै पत्ता लागेको छैन।

प्रकाशित: May 17, 2023| 09:43 बुधबार, जेठ ३, २०८०
प्रतिक्रिया दिनुहोस्