काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान सकिएको छ।
मंगलबार लगातार १० घण्टा बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा बयान लिएर खाणको बयान सकिएको हो।
सोमबार पनि खाणको बयान लिइएको थियो। बयानका क्रममा उनले स्वास्थ्य ठीक छैन भनेपछि दुई घण्टा लिएर बयान रोकिएको थियो। सोमबार र मंगलबार गरी प्रहरीले उनीसँग १२ घण्टा बयान लिएको हो।
वैशाख २७ गते पक्राउ परेका खाण टेकुस्थित प्रहरी हिरासतमा छन्। शरणार्थी प्रकरणमा हालसम्म १४ जना पक्राउ परेका छन्। धेरैजसोको बयान सकिइसकेको छ भने पछिल्लोपल्ट पक्राउ परेका टोपबहादुर रायमाझीको बयान सकिएको छैन।
केही दिनभित्रै अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाइने प्रहरीले जनाएको छ।
प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान संगठित अपराध कसूरमा गरिरहेको छ।