सोमबार, भदौ २३, २०८२

जापानमा भएको बस दुर्घटनामा दुई नेपालीको मृत्यु

 |  बुधबार, जेठ ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३, २०८०

vianetvianet

जापानको सेन्दाइमा भएको बस दुर्घटनामा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ।

Kumaribank

मंगलबार साँझ भएको दुर्घटनामा परी मृत्यु हुनेमा काभ्रेका नवराज तामाङ र युवराज थापा रहेको जापानी सञ्चारमाध्यमले जनाएका छन्। थापा सेन्मोन गाक्कोउमा अध्ययनरत थिए भने तामाङ निहोनगो गाक्कोउमा।

सेन्दाईबाट इवातेका लागि हिँडेको बसमा समस्या देखिएपछि मियागी प्रान्तको कुरिहारा सहरको तोहोकु एक्सप्रेस वेमा जाँचका लागि रोकिएको थियो।

सोही क्रममा बसलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो। ट्रकको ठक्करपछि बस उछिट्टिएर १ सय मिटर पर पुगेको थियो।

प्रकाशित: May 17, 2023| 06:18 बुधबार, जेठ ३, २०८०
प्रतिक्रिया दिनुहोस्