बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • ताप्लेजुङको फक्ताङलुङमा गाई खोज्न जंगल गएका शेर्पा मृत भेटिए

ताप्लेजुङको फक्ताङलुङमा गाई खोज्न जंगल गएका शेर्पा मृत भेटिए

 |  मंगलबार, जेठ २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २, २०८०

ताप्लेजुङ- ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपको लेप्चुङका ५५ वर्षीय लाक्पाडन्डु शेर्पा मृतावस्थामा फेला परेका छन्। आइतबार चरनमा निस्किएका गाई खोज्न जङ्गल गएका शेर्पा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। 

गाई खोज्न हिँडेका शेर्पा घर नफर्किएपछि आफन्तले प्रहरीलाई खबर गरेको र प्रहरीचौकी लेलेपबाट खटेको प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए। 

उनका अनुसार कानुनी प्रक्रिया पूरा गरी शेर्पाको शव आफन्तलाई जिम्मा लगाइएको छ।

प्रकाशित: May 16, 2023| 18:40 मंगलबार, जेठ २, २०८०
प्रतिक्रिया दिनुहोस्