बुधबार, भदौ ३, २०८३

मुकेश कायस्थलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

 |  मंगलबार, जेठ २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २, २०८०

काठमाडौं- सरकारले मुकेश कायस्थलाई राष्ट्रिय सहिद घोषणा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सहिद घोषणा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

२०६२/०६३ को जनआन्दोलनका क्रममा घाइते भएका काभ्रेका कायस्थको २८ वैशाखमा निधन भएको थियो। 

प्रकाशित: May 16, 2023| 17:53 मंगलबार, जेठ २, २०८०
प्रतिक्रिया दिनुहोस्