मंगलबार, भदौ २४, २०८२

विभिन्न स्थानमा ७ जना मृत फेला

 |  मंगलबार, जेठ २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २, २०८०

vianetvianet

काठमाडौं- काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीस्थित सिन्धुली कमलामाई नगरपालिका-६ घर भएकी ४० वर्षीया शान्ती खड्का आफैले संचालन गरेको खाजा घरमा सोमबार मृत अवस्थामा फेला परेकी छन्।

Kumaribank

सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका-८ घ्याङडाँडा बस्ने ७२ वर्षीय तारा बहादुर नेपाली सोही ठाउँ मानेडाँडास्थित बारीमा सोमबार मृत अवस्थामा फेला परेका छन्।

सुनसरी, ईटहरी उपमहानगरपालिका-८ गैसार डेरा गरी बस्ने सोही उपमहानगरपालिका-९ हटियालाईन घर भएका ५८ वर्षीय शुक्रराज चौधरी आफ्नै कोठमा मंगलबार मृत अवस्थामा फेला परेका छन्।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ तिलपुर बस्ने ७३ वर्षीय खलुवा थारु आफ्नै घरदेखि करिब १ किलोमिटर टाढा सडकको नालामा मंगलबार मृत अवस्थामा फेला परेका छन्।

रोल्पा, परिवर्तन गाउँपालिका-३ ताईवाङमा क्युरी बस्ने ५० वर्षीय धन बहादुर बुढा मंगलबार मृत अवस्थामा फेला परेका छन्।

Metro Mart

काभ्रे, रोशी गाउँपालिका-७ चिसापानी बस्ने ५५ वर्षीय गणेश तामाङ सोही ठाउँस्थित चिसापानी जंगलको खोल्सामा मंगलबार मृत अवस्थामा फेला परेका छन्।

गुल्मी, चन्द्रकोट गाउँपालिका-७ बोटेगाउँस्थित बाडीगाड खोलामा हाल नाम, थर, वतन, उमेर नखुलेकी महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन्।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

सवारी दुर्घटनामा दुईको मृत्यु
चितवन, खैरहनी नगरपालिका-४ कएरखोलामा ना.६ त १०७९ नम्बरको ट्याक्टरको ढालामा च्यापिएर चालक खैरहनी नगरपालिका-२ बस्ने २० वर्षीय दिपक परियारको मंगलबार बिहान मृत्यु भएको छ। च्यापिएर गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो।

जुम्ला, पातारासी गाउँपालिका-६ कोटभिर भन्ने स्थानमा ग.१ ह १५ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५५ मिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा अटो चालक चन्दननाथ नगरपालिका-१० गैरागाउँ बस्ने ४२ वर्षीय मेघराज न्यौपानेको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका अटोमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कुलोमा डुबेर मृत्यु
महोत्तरी, मनराशिश्वा नगरपालिका-४ जाउख बस्ने देबेन्द्र सहनीको १८ महिनाको छोरा हायन सहनीको आफ्नै घर अगाडि रहेको कुलोमा डुबेर मंगलबार बिहान मृत्यु भएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: May 16, 2023| 17:45 मंगलबार, जेठ २, २०८०
प्रतिक्रिया दिनुहोस्