मंगलबार, भदौ २४, २०८२

प्रहरी प्रधान कार्यालय निरीक्षणमा गृहसचिव भट्टराई 

चुस्त शान्ति–सुरक्षा र नागरिकमैत्री सेवा दिन प्रहरी अधिकारीलाई गृहसचिव भट्टराईको आग्रह।
 |  मंगलबार, जेठ २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २, २०८०

vianetvianet

काठमाडौं– एक साताअघि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न आएका गृहसचिव दिनेश भट्टराईले नेपाल प्रहरीको मुख्यालय निरीक्षण तथा अवलोकन भ्रमण गरेका छन्।

Kumaribank

मंगलबार प्रहरी मुख्यालय निरीक्षणमा पुगेका गृहसचिव भट्टराईले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतले स्वागत गरे।

कार्यक्रममा गृहसचिव भट्टराईले प्रहरी मुख्यालय परिसरमा अवस्थित अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरे।

उनले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याब, पोलिग्राफ शाखा र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै त्यहाँबाट हुने काम र गतिविधिबारे जानकारी लिए।

प्रकाशित: May 16, 2023| 16:12 मंगलबार, जेठ २, २०८०
प्रतिक्रिया दिनुहोस्