काठमाडौं– नेपाल प्रहरीले काठमाडौं महानगर–१४ बल्खुस्थित पप्पु महर्जनको टिनको टहरामा जुवातास खेलिरहेको अवस्थामा ९ जना जुवाडेलाई पक्राउ गरिएको जनाएको छ।
सिन्धुली सुनकोसी गाउँपालिका–२ घर भएका २५ वर्षीय रामबहादुर सिजालीसमेत दिउँसोमै जुवातास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाका आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५२ हजार ५०० र १६ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक कारबाही अगाडि बढाइएको प्रहरीले बताएको छ।